हेर्नुहोस् लोकपथको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
156
Shares
लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

१.न्यायालय सुधारका विषयमा प्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीबीच भेट, मंगलबारदेखि गोलाप्रथाद्वारा पेसी तोक्ने सहमति, प्रधानन्यायाधीश राणाले भोलि बोलाएको फुलकोर्ट बैठकमा १४ न्यायाधीश नजाने ।

२. प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज प्रदेश १ को बाढी पहिरो र डुबानबाट प्रभावित क्षेत्रको निरीक्षण, पीडितका लागि सरकारले विशेष प्याकेजको घोषणा गर्ने ।

३. प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता १ हप्ता लम्बियो, कांग्रेस र एमालेले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेपछि कात्तिक १५ गते बस्नेगरी स्थगित, आज विश्वासको मतको प्रस्तावमाथि मत विभाजन भएन ।

४. देश बनाउन सबै एकजुट हुन एमाले अध्यक्ष ओलीको जोड, माधव नेपाल र पुष्पकमल दाहाललाई आगामी चुनाव जितेर देखाउन चुनौती

५. वर्तमान पार्टी नेतृत्वले महाधिवेशन गर्न ढिलाइ गरिरहेको कांग्रेस महामन्त्री प्रकाशमान सिंहको आरोप, १४औँ महाधिवेशन तोकिएकै मितिमा नभए पार्टीलाई घाटा हुने

६.नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ५ सय ५७ जना नयाँ संक्रमित थपिए, ८ सय ७७ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु ।

७. कर्णाली प्रदेशमा कांग्रेस र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति पेचिलो बन्दै, कांग्रेसलाई मुख्यमन्त्री छोड्न माओवादीको आनाकानी ।

८. आज देशैभर ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइयो, छुटेकालाई भोलि पनि खुवाइने, २७ लाखलाई भिटामीन ए र २४ लाखलाई जुकाको औषधि दिने सरकारी लक्ष्य ।

९. बेमौसमी वर्षाका कारण बाढी पहिरोले सडक र राजमार्ग गरेर १ अर्ब ५ करोडभन्दा बढीको नोक्सान, १८ वटा राजमार्गको २ सय ४४ स्थानमा क्षति

१०. आइतबार सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, दुर्घटनामा परेर ७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

११. आइतबार नेपाली बजारमा सुनको भाउ बढ्यो, छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार ।

१२. आइतबार सेयरबजार परिसूचक मापक नेप्से २७ दशमलव ५१ अंकले बढ्यो, कारोबार रकम भने २ अर्ब ७७ करोड ३४ लाखमै सीमित ।

१३. टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० देशका राजदूतलाई देशनिकाला गर्न आदेश, टर्कीले थुनामा राखेका एक नागरिक अगुवालाई रिहा गर्न राजदूतहरूले संयुक्त विज्ञप्ति जारी गरेपछि टर्कीको आपत्ति ।

१४.यूएईमा जारी आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै, दुवै देशको क्रिकेट भिडन्तलाई एक–अर्काको प्रतिष्ठाको विषयका रूपमा हेरिँदै ।

१५. अन्डर ट्वान्टी थ्री एसियन कप छनोट फुटबलको पहिलो चरणको खेलमा नेपालले भोलि इरानसँग प्रतिस्पर्धा गर्दै, नेपाल राम्रो नतिजा निकाल्न तयार रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनको भनाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?