१८ मङ्सिर २०७८, शनिवार

कसले गर्छन् माओवादीको विरोध ? प्रचण्डको ब्रिफिङ

२०७८,कार्तिक,७,आईतवार १७:४५

153
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेका बताएका छन् ।

आइतबार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरुले माओवादी पार्टीको विरोध गरीरहेका बताए । माओवादीले दलित, जनजाति, आदिबासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उहाँले दलित समुदाय आफुलाई अत्याचार गर्नेहरुको पछाडी लागेर हिड्दा भने आफुलाई नमिठो लाग्ने तर्क गरे । उनले भने– ‘तपाईहरुले देख्नुभयो नि हिजोका सरकारका कतिपय ठुल्ठुला महान विद्धान कर्मचारीतन्त्रका ठुला भन्नेहरु चाहीँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै । को हुन् ति मान्छेहरु ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरी पुर्नस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरुलाई सिध्याएपछि हुन्छ के ? तर दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग समुदायपनि जानेर वा नजानेर आफुलाई नै अत्याचार गर्नेहरुको पछिपछि लागेर ताली पिट्दै हिडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमिठो लाग्छ । के भएको होला भन्ने महशुस हुन्छ ।’

पूर्व अर्थसचिव खनालले केही दिन अघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त ।’ भनि ट्वीट गरेका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातिय विभेद हटाउन अन्र्तजातिय विवाह गर्ने क्रम सुरु भएको भएपनि अझै जातिय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे । उनले रोल्पा, रुकुममा अन्र्तजातिय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको उल्लेख गरे । उनले भने– ‘अहिले बिस्तारै फेरी उपल्लो जात र तल्लो जात, अझ मलाई सबभन्दा बढी पीडा हुने त रोल्पा, रुकुमजस्ता ठाउँहरु जहाँ सबभन्दा बढी दलितहरुलाई उन्मुक्ति दिनका लागि धेरै नेता कार्यकर्ताहरु जन्मिए, धेरै त्यसखालका बिद्रोहका किर्तिमानहरु कायम भए । अन्र्तजातिय विवाहहरु भए त्यहीँ अहिले दलित केटासँग प्रेम गरेको विषयलाई लिएर दलित युवा र अन्य युवाहरु मारिए त्यही ठाउँमा । मेरो लागि यो निकै ठुलो पीडाको विषय भएको छ । प्रतिक्रान्ति भनेको त यसरी पो हेर्दाहेर्दै हुँदोरहेछ । भयो । जुन पार्टीहरु, जुन नेताहरु, जुन व्यक्तिहरु पुरानै समाजमा दुईचार वटा सुधारका कुरा गरेर भोट तान्ने मात्रै राजनीति गर्ने तिनीहरुलाई त केही फरक परेको छैन । दलितहरु दलित नै रहिराखुन्, बाहुन क्षेत्री बाहुन क्षेत्री नै भइराखुन्, माथि नै भइराखुन् । शासन गर्ने अधिकार माथिकालाई मात्र हुन्छ भन्ने पार्टी छन् । तिनीहरुको लागि त केही फरक परेको छैन बरु राम्रो भएको छ । तिनीहरुले यो संघीयता उल्ट्याउन चाहेका छन् । यो जातिय विभेदको अन्त्य गर्ने भनेर भएको बिद्रोहलाई बदनाम गर्न चाहेका छन् । सबैले मिलेर प्रचण्डलाई अपराधि नै हो भनाउन चाहेका छन् । यसले चाहीँ दलितहरुलाई उठाएर हामीलाई हैरान पार्यो । आदिवासी जनजाति उठाएर, महिलालाई ३५ प्रतिशत रे, केके रे भन्दिएर ।’

उनले कतिपयले जातिय विभेदको अन्त्य गर्न भनि भएको बिद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताए ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १७:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापा पनि जाइलागेकी छिन् । उनले कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । यही

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न जिल्लामा अधिवेशनका क्रममा विवाददेखि झडपसम्मका खबरहरु समेत आइरहेका छन् । यसैक्रममा रौतहतमा भने

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६