गैँडाको खागसहित २ जना पक्राउ

लोकपथ
377
Shares

काठमाडौं । संरक्षित वन्यजन्तु गैँडाको खागसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु घर भइ हाल काठमाडौंको स्वयम्भूमा बस्ने १९ वर्षीय तिलक बहादुर बस्नेत र बागलुङ घर भइ काठमाडौं लोकतान्त्रिक चोक बस्ने २८ वर्षीय दिपक गोतामे रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले कार्तिक ५ गते शुक्रबार काठमाडौंको गैरीगाउँबाट पक्राउ गरेको हो ।

गैँडाको खाग अवैध रुपमा बिक्री वितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा दुवैलाई पक्राउ गर्न सफल भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनीहरुलाई पक्राउ गरी वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको र थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?