१८ मङ्सिर २०७८, शनिवार

गजेन्द्र हमाललाई मन्त्री बनाएको प्रकरणबारे बोले प्रधानन्यायाधीश राणा

२०७८,कार्तिक,७,आईतवार १७:२९

72
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा (राणा) ले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पारेका छन्।

प्रधानन्यायाधीशसमक्ष आइतबार (आज) नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उनले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताएका हुन्। “मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन”, प्रधानन्यायाधीश राणाले भनेको कुरालाई बैठकपछि पत्रकारसँग बारका महासचिव लीलामणि पौड्यालले जानकारी दिए।

प्रधानन्यायाधीश राणाले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको र त्यसका लागि तत्काल काम सुरु गर्ने छलफलमा बताए। समग्र न्यायालय सुधारका विषयमा सोमबार १ः३० बजे प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) बस्ने र त्यस बैठकमा बार पनि सहभागी भएर बृहत् छलफल गर्ने तय भएको छ ।

बारले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वतन्त्र न्यायपालिका निर्माणमा तदारुकता नदेखाएको भन्दै बारको शुक्रबारको निर्णयानुसार आज प्रधानन्यायाधीशलाई भेट गरी ध्यानाकर्षण गराएको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशसँग समसामयिक विषयमा समग्रमा कुराकानी भएको र सोमबार बस्ने सर्वोच्च अदालतको पूर्ण बैठकमा थप छलफल भई निष्कर्षमा पुग्ने बताए ।

त्यो सुझावअनुसार मङ्गलबार नै त्यसको काम सुरुआत गर्ने पनि भेटमा छलफल भएको बारका महासचिव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १७:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणको खेल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन

‘ऊ बेलामा एउटै गीतमा ३/४ घण्टा लगाएर बजाउनु पर्थ्याे, अहिले धेरै त होइन तीन घण्टामा १०/१२ वटासम्म गीतमा बाँसुरी बजाउन

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२