कोरोना अपडेट : ५ सय ५७ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

लोकपथ
312
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ६ सय २५ परीक्षणमा पीसीआर विधिबाट ५ सय २२ जना र एन्टीजेन विधिबाट ३५ जनामा गरी थप ५ सय ५७ जनामा कोरोना संक्रमण प्ष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५ सय ७ जना पुगेका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर ९७.३ प्रतिशत रहेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा बितेको २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार २ सय १ रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?