प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा १४ न्यायाधीश नजाने

लोकपथ
286
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु सोमबारका लागि बोलाइएको फुलकोर्टको बैठकमा सहभागी नहुने भएका छन् ।

आइतबार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठकमा १० न्यायाधीशहरु नजाने भएका हुन् ।

आज बारका अध्यक्षसहितको टोलीले प्रधानन्यायाधीश राणासँग विविध विषयमा छलफल गरेका थिए ।

बारका पदाधिकारी तथा सदस्यहरुको माग अनुसार प्रधानन्यायाधीश राणाले गोलाप्रथाको आधारमा पेशी तोक्न सहमत भएका थिए । तर आइतबार अपरान्हमा बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा नजाने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?