एमाले अधिवेशन : नुवाकोटका ८८ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

लोकपथ
598
Shares

काठमाडौं । नेकपा एमाले नुवाकोटको ८८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

शनिबार उद्घाटन भएको एमाले १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका १२ वटा पालिकाका ८८ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

एमाले जिल्ला कमिटीका उपाध्यक्ष समेत रहेका बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथ सहकारीमन्त्री बद्री मैनालीले सो कुरा जानकारी दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट एकैपटक देशभरको वडा अधिवेशनको उद्घाटन गरेका थिए । जसअनुसार नुवाकोटसहित देशका विभिन्न जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १० गतेबाट १२ गतेसम्म महाधिवेशन चितवनमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?