१८ मङ्सिर २०७८, शनिवार

पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

२०७८,कार्तिक,७,आईतवार १६:४३

63
Shares

काठमाडौं । नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो ।

नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेका बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवद्र्धनका विभिन्न ‘इभेन्ट’,‘रोड सो’, वेवीनार जस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्नेलगायतका विषय समावेश छन् ।

भारत नेपालका प्रमुख पर्यटकीय स्रोत बजार रहेकाले यस सम्झौताले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले बताए । उनले एक अर्को देशमा भएका पर्यटन प्रवर्द्धनका राम्रा अभ्यास आदानप्रदान गर्दा दुवै देशको पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

म्याग्दी । पछिल्ला दुई वर्ष कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प भए पनि म्याग्दीका पर्यटकीयस्थलमा ठूलो लगानीमा होटल थपिएका छन् ।

भक्तपुर ।  मध्यपुर थिमि नगरपालिकाले  पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको मध्यपुरथिमिको सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरेका छ ।

काठमाडौं । भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एवँ धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक

काठमाडौं । तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२