अब एमालेको कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने

लोकपथ
377
Shares

काठमाडौं । अब नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ ।

आइतबार नेकपा एमाले र ललितपुर तुल्सिलाल अमात्य प्रतिष्ठानबीच सहमति भएको हो ।

एमाले महासचिव ईश्वर पोखरेलले आज एमाले र प्रतिष्ठानबीच सहमति भएको र अब पार्टीका सबै काम कारबाही प्रतिष्ठानबाट हुने जानकारी दिए ।

सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी !! अब केही समयपछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण कामहरू यहीँबाट हुनेछन्…!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?