जिम्न्याष्टिक टोलीको बिदाइ

लोकपथ
130
Shares

काठमाडौं । पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

यही कात्तिक ९ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रममबीच बिदाइ गरेका हुन् । नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने छ ।

प्रतियोगिताको सिनियरतर्फ समान चार/चार पुरुष/महिला तथा जुनियर पुरुषमा चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्याष्टिक सङ्घका महासचिव मुकुन्दराज शर्माले जानकारी दिए ।

सिनियर पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिङ्की झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन् । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ छन् । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान बज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशीलप्रकाश प्रधान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?