छुट्टाछुट्टै सवारी दुर्घटना : ४ जनाको मृत्यु

लोकपथ
78
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-६ बयलवास चोकस्थित सडकमा बीआर ३० एम ९९३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएकी ३५ वर्षीया महमुदा खातुनको शनिबार साँझ मृत्यु भएको छ । उक्त मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको गोदावरी हस्पिटल बयलवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी झापा, कन्काई नगरपालिका-९ लक्ष्मीपुरस्थित सडकमा प्रदेश १-०१-००१ ख ३५२० नम्बरको ट्रक र मे.५ प ८४७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुन्धारा नगरपालिका(३ बस्ने २७ वर्षीय निश्चल खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका(१२ तामनगरस्थित सडकमा लु।१ झ २८७ नम्बरको एम्बुलेन्स र लु.२४ प ३९८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-३ बस्ने गुल्मी घर भएका २४ वर्षीय अनमोल थापा क्षेत्री र मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका-४ बस्ने ३५ वर्षीय निशान क्षेत्री रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छुट्टाछुट्टै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?