अमेरिकाबाट एक लाख मात्रा खोप आउँदै

लोकपथ
208
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, काठमाडौंस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?