२१ मङ्सिर २०७८, मंगलवार

चाँडै मन्त्रिपरिषदबाट राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री देउवा

२०७८,कार्तिक,७,आईतवार १६:०८

9
Shares

मङ्गलबारे । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् ।

इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उनले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने बताएका छन् ।

उनले सरकारले यसअघि नै मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गरेका छन् । उनले भने, “पहिराले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकालाई घर बनाउन मद्दत गर्छौं, हामीले स्थलगतरुपमा नै अध्ययन गरेका छौँ, भएको क्षति नोक्सानीको सरकारले मूल्याङ्कन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौँ ।”

प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पुर्याएको जनाउँदै सरकार पीडितको साथमा रहेको बताए । पहिरोपीडितलाई सम्बोधन गर्दै उनले भने, “हामी तपाईहरुको साथमा छौँ, त्यही भएर हामी आएका हाँै ।”

उनले बाढीपहिरोबाट प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताए । उनले भने, “नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउन सकिँदैन, धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन्, गाउँमा गर्न सकिने कुरा गाउँमा नै पुर्याउन सकिन्छ ।”

यसैगरी नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका उहाँले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने बताए । कांग्रेस कार्यकर्तालाई छुट्टै सम्बोधन गरेका देउवाले भने, “दुई चार दिन यताउता हुनु सामान्य कुरा हो, महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।” देउवाले सहमतिमा नै नेतृत्व चयनको प्रयत्न गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

“भरसक सहमतिमा नै गर्नुहोस्, सहमति नभए प्रतिष्पर्धा हुन्छ, हार्नेले जित्नेलाई सघाउने हो”, उनले भने । निरीक्षणका लागि सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललगायत सहभागी थिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १६:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली काँग्रेसका युवा नेता जगदीश्वर नरसिंह केसीले बीपीले परिकल्पना गरेको काँग्रेसको निष्ठा र आदर्श अब घाटमा पुग्न दिन नहुने बताएका

सप्तरीमा दुई जनप्रतिनिधिबीच झडप भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष

विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १००

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्क मार्फत संवाद

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३