काठमाडौं- कम्युनिस्टका आदर्श माक्र्सको द्विशतबार्षिकीको दिन शनिबार कास्कीको ढिकुरपोखरी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पारिवारिक घर बनाउने सोचमा दुई ठाउँ जग्गा हेरेका छन् ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा उनी परिवारसहित पुगेका थिए । पत्नी सीता, छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसहित पुगेका दाहालले हरिध्वज तुलाचनको जग्गा हेरेका छन् । छोरी गंगाले भनिन्, ‘औपचारिक कार्यक्रममा जाँदा जग्गा हेरौं न भन्ने कुरा आयो अनि हेरियो, तत्काल घर बनाउने योजना छैन ।’
उनका अनुसार लामो समयसम्म दाहाल जन्मथलो नपुगेका कारण पोखराको कार्यक्रम भ्याउँदै त्यहाँ जाने योजना बनेको थियो । गंगाले थपिन्, ‘आफ्नो जन्मथलोमा घर बनाउनुपर्छ भन्ने सुझाव आएपछि बुबा (पुष्पकमल दाहाल) ले पनि त्यस्तो इच्छा रहेको बताउनुभएको हो ।’
दाहालले माछापुच्छ«े र अन्नपूर्ण हिमशृंखला देखिनेगरी रहेको जग्गा हेरेका छन् । स्थानीयको स्वागतका क्रममा दाहालले आफ्नो जन्मथलोमा एउटा बस्ने ठाउँ होस् भन्ने चाहना रहेको बताएका थिए ।
उनले भने, ‘ढिकुरपोखरीसँग मेरो जन्म र भावनाको नाता छ तर यहाँ एक टुक्रा जग्गा पनि छैन, यहाँ घर बनाएर बस्ने मन छ ।’
उनले आफू बस्ने घर मात्र होइन, पोलिटेक्निक इन्स्टिच्युट, खानेपानीको उचित व्यवस्था पनि गर्ने आश्वासन दिएका छन्, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया