भात नखाँदा यस्तो समस्या पनि हुनसक्छ

लोकपथ
5.3k
Shares

तौल घटाउनका लागि धेरै व्यक्तिले आफ्नो खानपानमा विभिन्न किसिमका परिवर्तन गरिरहेका हुन्छन् । खानपानमा परिवर्तन गरेरै तौल घटाउने लहरमा धेरैले पहिला छोड्ने भनेकै भात हुने गर्छ । धेरैलाई भात खाएमा मोटो भइन्छ भन्ने विश्वास रहेको छ । जसको कारण उनीहरू भात खाने गर्दैनन् । तर के भात खाएकै कारणले मात्र मोटोपन बढ्ने हो त ? भन्ने विषयमा न्यूट्रिसियनको फरक मत पनि रहेको छ ।

बलिउडका सेलिब्रेटीहरुको न्यूट्रिसन एक्सपर्टको रूपमा काम गर्दै आएकी रुजुता दिवेकरले हालै आफ्नो इन्ष्टाग्राम एकाउन्टमा चामल खानुका फाइदाको विषयमा एउटा पोस्ट गरेकी छिन् । उक्त पोस्टमा उनले भात खानुका फाइदाको विषयमा व्याख्या गरेकी छिन् । उनका अनुसार भात एउटा प्रोबायोटिक पदार्थ हो । यसको सेवनले पेट मात्र भर्दैन यसले पेटको आँतमा रहेका राम्रा ब्याक्टेरियाहरूलाई बढाउन मद्दत पनि गर्छ । यसलाई दाल र तरकारीसँग मात्र नभएर पिनेर रोटी बनाएर, खिर बनाएर पनि खान सकिन्छ ।

भातलाई दाल, दही, ध्यू वा मासुसँग खाँदा भातले रगतमा रहेको चिनीको मात्रालाई स्थिर राख्न मद्दत गर्छ । यी खानेकुराको तुलनामा भात चाडै पच्ने हुनाले पेटलाई हलुङ्गो समेत बनाउँछ । भात खाएपछि राम्रोसँग निन्द्रा लाग्छ र यसले शरीरको हार्मोनहरुलाई सन्तुलनमा राख्न मद्दत समेत गर्छ । त्यसैले बालबालिका र युवाले भात अनिवार्य रूपमा खानु नै राम्रो मानिन्छ ।

भातको सेवनले छालालाई पनि राम्रो गर्छ । भातमा रहेको प्रोल्याक्टिकको कारण छालामा रहेको छिद्रलाई राम्रो बनाउँछ । यस्तै भारतको नियमित सेवनले कपाललाई पनि स्वास्थ्य र बढ्नमा मद्दत गर्छ । चामल निकाल्ने बेला आएको भुस बस्तुभाउलाई हुन्छ भने धान रोपेको स्थानको माटोमा पर्याप्त मात्रामा नाइट्रोजन हुन्छ । यो फसलले माटोमा पर्याप्त मात्रामा नाइट्रोजन छोडेर माटोको उर्वर क्षमतालाई बढाउन मद्दत समेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?