प्रधानन्यायाधीशसँग बारको छलफल : गोलाप्रथाबाट पेशी तोक्ने सहमति, साेमबार फुलकोर्ट

लोकपथ
117
Shares

काठमाडौं । सर्वोच्च अदालतमा दैनिक गोलाप्रथाबाट पेशी तोकिने भएको छ ।

आज बसेको नेपाल बार एशोशियसनको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा गोलाप्रथाबाट दैनिक पेशी तोक्न सहमत भएका हुन् ।

आजको छलफलमा प्रधानन्यायाधीश राणाले साेमबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति समेत जनाएका छन् ।

न्यायालयमा विकृती भइरहेको भन्दै त्यसको समस्या समाधानका लागि भन्दै बारको टोलीले प्रधानन्यायाधीशसँग छलफल गरेको थियो । छलफलका क्रममा प्रधानन्यायाधीश राणाले आफूले न्यायालयको सुधारका लागि लागिपरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?