२१ मङ्सिर २०७८, मंगलवार

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबारमा आईसीएफसी फाइनान्स अब्बल

२०७८,कार्तिक,७,आईतवार १५:२९

1.296k
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.५१ अंकले बढेर २५८४.५२ बिन्दुमा पुगेको छ । आज नेप्से १.०८ प्रतिशतले बढेको हो । यता, सेन्सेटिभ परिसूचक पनि ७.२४ अंकले बढेर ४९०.६८ बिन्दुमा पुगेको छ ।

आइतबार कुल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमध्ये व्यापार समूहबाहेक सबै उपसमूहको सेयर मूल्य बढेको छ । आज फाइनान्स समूहको सेयर मूल्य बढेको छ । यो समूहको सेयर मूल्य ४.११ प्रतिशतले बढेको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बेष्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यता मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आइतबार आईसीएफसी फाइनान्सले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले १५ करोड ९१ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १५:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१) निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्ममा दल दर्ता

काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजारमा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले आफू पार्टी नेतृत्वबाट हट्नुमा राजाको प्रत्यक्ष भूमिका रहेको आरोप

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२