काठमाडौं – साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ ।
त्यस्तै अवैध सुनका कारोबारीबाट सरकारी ढुकुटीमा विप्रेशणको कमी आउने, नगद डलरको अभाव हुने, अर्थतन्त्र असन्तुलित हुने तथ्य पनि समेटिएको छ ।
सुन तस्करहरुले हुन्डी कारोबार गर्ने हुनाले बजारमा भएको नगद विदेशी मुद्रा जम्मा पारेर सुन आयातका लागि अनौपचारिक प्रणालीमार्फत विदेश पुर्याउनाले देशमा विदेशी मुद्राको अभाव हुने पनि प्रतिवेदनमा उल्लेख रहेको खबर कान्तिपुर दैनिकमा छ ।
प्रतिवेदनमा रेमिट्यान्सको ४० प्रतिशत हिस्सा हुन्डीबाट आउने र त्यो रकम सुन खरिदमा प्रयोग भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया