प्रदेश नं १ : एमाले र कांग्रेसको आग्रहपछि प्रदेशसभा बैठक स्थगित (सूचनासहित)

लोकपथ
26
Shares

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मका लागि स्थागित भएको छ ।

आइतबार दिउँसो प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दैै सो बारेमा जानकारी गराएको छ ।

सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ ।

आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको थियो । मुख्यमन्त्री आचार्यले शुक्रबार पेश गरेको विश्वासको प्रस्तावको प्रतिवेदनमाथि आज छलफल हुने कार्यसूची तय भएपनि एमाले र कांग्रेसले बैठक रोक्न माग गरेका थिए ।

सत्तारुढ दल नेकपा एमालेले पार्टीको अधिवेशनमा लाग्नुपर्ने भएकाले बैठक स्थगित गर्न आग्रह गरेको थियो । भने नेपाली कांग्रेसले भने आफ्ना सांसदहरुले फ्लोर क्रश गर्ने भएपछि बैठक रोक्न आग्रह गरेको थियो ।

तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको एक महिनामा विश्वासको मत लिने कानुनी प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?