बिमल घर्तिमगर गरे मछिन्द्रसँग सम्झौता नवीकरण

लोकपथ
3.1k
Shares

काठमाडौं । बिमल घर्तिमगरले ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्र क्लबले आइतबार पत्रकार सम्मेलन गरी बिमलको सम्झौता नवीकरण गरिएको जानकारी दिएको हो ।

क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालका लागि २६ खेल खेलिसकेका बिमलले गत वर्ष बन्द प्रशिक्षणका क्रममा घाइते भएपछि लामो समय मैदानबाहिर रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?