१८ मङ्सिर २०७८, शनिवार

ताइवानमा शक्तिशाली भूकम्प

२०७८,कार्तिक,७,आईतवार १४:५३

513
Shares

काठमाडौं । उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । स्थानीयहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ ।

ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६.५ म्याग्नीच्युट रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्नीच्युटको मात्र भएको बताएको छ ।

स्थानीय समयानुसार आइतबार १ः११ बजे मध्याह्नमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७ किलोमिटर गहिराईमा रहेको थियो । यिलानमा बस्ने एएफपी संवाददाताका अनुसार कम्पन करिब ३० सेकेन्डसम्म चलेको थियो । भूकम्पपछि ५.४ म्याग्निच्युडको पराकम्पन आएको बताइएको छ ।

सन् २०१८ मा एक रमणीय पर्यटकस्थल हुआलिएनमा आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ व्यक्तिको मृत्यु भएको थियो भने करिब ३०० जना घाइते भएका थिए । सन १९९९ को सेप्टेम्बरमा ताइवानको एक टापूमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले इतिहासको नै सबैभन्दा घातक रहेको र यसमा परी दुई हजार ४ सय जनाको मृत्यु भएको थियो ।

सन् २०२० को डिसेम्बर मा यिलानमा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १४:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बेलायतमा हालसम्म ४२ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या

रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा  झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त

काठमाडौं । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६