बेमौसमी वर्षा : राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

लोकपथ
234
Shares

काठमाडौं । सरकारले बैमौसमी वर्षाका कारण असोज र कार्तिकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरको छ ।

आइतबार (आज) संसदको विकास तथा प्रविधि समितिमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले एक विवरण सार्वजनिक गर्दै सो कुरा जानकारी गराएका हुन् ।

असोजको अन्तिम र कार्तिकको सुरुमा नेपालमा आएको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरो, डुबान र कटानले १ अर्ब ५ करोड बराबरको क्षति भएको बताए ।

महानिर्देशक थापाका अनुसार कात्तिक १ गतेयता बाढी पहिरोको कारण १० वटा राजमार्ग÷सडक १८ स्थानमा क्षति पुगेको छ ।

त्यसैगरी हाल दुवै तर्फ यातायात सुचारु भएको राजमार्गको संख्या ३ तथा एकतर्फी यातायात चालु रहेको स्थान ९ रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?