अमेरिकासहित पश्चिमा १० मुलुकका राजदूतलाई देश निकाला गर्न टर्कीका राष्ट्रपतिको आदेश

लोकपथ
845
Shares

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् ।

थुनामा रहेका एक नागरिक अगुवालाई थुनामुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

A journalist stands in front of a poster featuring jailed businessman and philanthropist Osman Kavala in October 2018

गत सोमबार राजदूतहरुले संयुक्त विज्ञप्ति जारी गर्दै थुनामा रहेका नागरिक अगुवा एवं सामाजिक अभियन्ता ओस्मान काभालालाई रिहा गर्न अपिल गरेका थिए ।

देश निकाला गर्ने आदेश दिइएका राजदूतहरुको देश : 
अमेरिका
जर्मनी
क्यानडा
डेनमार्क
फिनल्याण्ड
फ्रान्स
नेदरल्याण्ड
न्युजिल्याण्ड
नर्वे
स्वीडेन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?