नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० बढी कैदी भगाए

लोकपथ
676
Shares

काठमाडौं । नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि ती थुनुवा भागेका बताइएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

ओयो राज्यको कारागार विभागका प्रवक्ता अ‍ेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गर्नुभएको छ । उनले शनिबार राति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका थिए । उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षैसम्म जेल सजायँ तोकिएका व्यक्ति थिए । जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताएका छन् ।

भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?