‘नेतृत्व तह फोहोरी खेलमा लिप्त हुँदा कांग्रेसमाथि प्रश्न उठ्न थाल्यो’

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको आरोप लगाएका छन् ।

आइतबार (आज)जनकपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए।

केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ थियो।
पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी सिंहले दिए। तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा उनको जोड थियो । आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे।

१४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भने, ‘महाधिवेशन सुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो ? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’

महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै सिंहले भने, ‘१४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा होमिइसकेँ ।’

पाटीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उनले भने, ‘ए कांग्रेस, बी कांग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’

फरक प्रसंगमा बोल्दै नेता सिहले कांग्रेस नेत्त्रित्वको कमजोरी का कारण कमनिष्टहरुले व्यवस्था माथि प्रहार गर्ने सुरु गरेको बताए। त्यस्तै हरहालतमा कांग्रेस महाधिवेशन सम्पन्न गरेर संसद संचालन र राष्ट्रिय राजनीति आँकलन गरेर अगाडि विकसित परिस्थिति अनुरुप चल्नु पर्ने बताए । साथै नागरिक ता लगागायत मधेसका मुद्दाहरु विधि प्रक्रियामा अवलम्बन गर्रेर तत्कालै हल गर्नु पर्ने भन्दै मधेस र हिमालि क्षेत्रमा सिमाना जोडिएका नागरिक नै सच्चा देश भक्त रहेको समेत बताउन भएकोछ ।

नेता सिंह आज महोत्तरिमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा जनकपुर पुगेका हुन् । नेता सिंहको साथमा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव र किरण यादव समेत सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?