करवा चौथ : दीया मिर्जादेखि यामी गौतमसम्म पहिलो पटक बस्दै छन् व्रत

लोकपथ
533
Shares

काठमाडौं । हिन्दु धर्ममा धेरै व्रत र चाडहरु छन्, । फरक-फरक चाडपर्वको आफ्नै महत्व रहेका छन् । तर विवाहित महिलाहरुको लागि करवा चौथको व्रत धेरै विशेष मानिन्छ।

विवाहित महिलाहरू करवा चौथको व्रतलाई उत्सुकताका साथ प्रतीक्षा गर्छन् र करवा चौथको रातमा चन्द्रमा हेर्न सबैभन्दा बढी चासो राख्छन्।

यस वर्ष करवा चौथको व्रत आज मनाइँदै छ । यस दिन महिलाहरु आफ्ना श्रीमानको दीर्घायुको कामना गर्न व्रत बस्ने गर्दछन् । भारतको बलिउड जगतमा पनि अभिनेत्रीहरुले यो पर्वलाई निकै सुन्दर ढंगले मनाउने गर्छन् । शिल्पा शेट्टी, माधुरी दीक्षित, रवीना टंडन, अनुष्का शर्माजस्ता धेरै स्टारहरुले आफ्ना श्रीमानको दीर्घायुको कामना गरेका छन् ।

यामी गौतम : 

यामी गौतमले आदित्य धरसँग यस वर्ष जुन ४ मा बिहे गरेकी थिइन् । यमीले यो वर्ष आफ्नो पहिलो कर्वा चौथ मनाउने भएकी छिन् । कर्वा चौथअघि नै आदित्य र यमी अमृतसर गोल्डेन टेम्पल गएका थिए ।

यामी गौतम, आदित्य धर

हालसालै यामीले केही तस्बिरहरु पनि अपलोड गरेकी छिन् जसमा उनी दरबार साहेबमा तालको नजिक उभिएकी देखिएकी थिइन्।

नताशा दलाल :

बलिउडका ह्यान्डसम हङ्क वरुण धवनले आफ्नी प्रेमिका नताशा दलालसँग यसै वर्षको जनवरी २४ मा विवाह गरेका छन् । उनीहरुको परिवारका सदस्यहरु र केही विशेष साथीहरुको उपस्थितिमा अलीबागमा उनीहरुको विवाह भएको थियो।

नताशा दलाल

उनीहरुको विवाहको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । अब नताशाले पनि पहिलो पटक वरुणका लागि करवा चौथको व्रत बस्ने भएकी छिन् ।

दीया मिर्जा :

बलिउडकी सुन्दर अभिनेत्री दिया मिर्जा यस वर्ष विवाह बन्धनमा बाँधिएकी छिन्। यसै वर्ष फेब्रुअरीमा उनले व्यवसायी वैभव रेखीसँग दोस्रो विवाह गरेकी थिइन् ।

दीया मिर्जा

उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा निकै रुचाइएको थियो । विवाहपछि, उनी आफ्नो पहिलो कर्वा चौथ मनाउनेछन् । यो कर्वा चौथ दीयाको लागि धेरै विशेष हुने भएको छ।

अंगिरा धर :

अभिनेत्री अंगिरा धरले यस वर्ष अप्रिल ३० मा निर्देशक आनन्द तिवारीसँग गोप्य रुपमा विवाह गरिन् । उनीहरुको विवाहमा परिवारका सदस्य मात्रै सहभागी थिए ।

अंगीरा धर

विवाहपछि अभिनेत्रीको पहिलो करवा चौथ हो। अंगिरा र आनन्दको विवाहमा उनले सेलिब्रेटीदेखि फ्यानसम्म सबैबाट बधाई पाएका थिए ।

एवलिन शर्मा :

ये जवानी है दिवानी’ फेम एभ्रिल शर्माले यही वर्षको मेमा आफ्ना साथी तथा व्यवसायी तुषान भिन्डीसँग विवाह गरेकी थिइन् । उनीहरुले अष्ट्रेलियामा विवाह गरेका थिए ।

एवलिन शर्मा

तुषान पेशाले डेन्टल सर्जन हुन् । यो विवाहपछि अभिनेत्रीको पहिलो करवा चौथ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?