देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

लोकपथ
63
Shares

काठमाडौं । चितवन, स्याङजा, रोल्पा, बागलुङका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

यसैक्रममा चितवन, भरतपुर महानगरपालिका-२८ निउरे चोकस्थित नारायणी नदीमा सोही महानगरपालिका-१० बस्ने ६४ वर्षीय नुमाकान्त चापागाई शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै स्याङजा, वालिङ नगरपालिका-९ पिपलटारीस्थित आँधीखोलाको बीच भागमा सोही ठाउँ बस्ने अनिल भण्डारीको छोरा १२ वर्षीय अनिस भण्डारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पा, त्रिबेणी गाउँपालिका-६ स्थित काउला बोट खोलामा सोही गाउँपालिका-६ लङ्वाज बस्ने ६० वर्षीय पिमलाल वलि शनिबार मृत अवस्थामा फेला परेका छन् ।

बागलुङ, जैमिनी नगरपालिका-२ ठेउले खोलाको किनारमा सोही नगरपालिका-४ सिस्नेरा बस्ने ४५ वर्षीय दलबिर सार्की शनिबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?