प्रदेश नं १ : विश्वासको मत लिने कार्यसूची, बैठक रोक्न कांग्रेसको माग

लोकपथ
273
Shares

काठमाडौं । आइतबार (आज) प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिदैँछन् । तर नेपाली कांग्रेसले भने भने आजको बैठक रोक्न माग गर्दै प्रदेश सभा सचिवालयलाई आग्रह गरेको छ ।

शुक्रबार मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सो प्रस्तावमा छलफलसहित विश्वासको मत आज लिने भनिएपनि कांग्रेसले विभिन्न कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको हो ।

कांग्रेसले आइतबार प्रधानमन्त्री देउवा प्रदेश नं १ का विभिन्न जिल्लाको भ्रमणमा रहेको भन्दै आजको बैठक रोक्नुपर्ने बताएको थियो । तर कांग्रेस र एकीकृत समाजवादी पार्टीका सांसदहरुले फ्लोर क्रश गर्ने संकेत देखिएपछि बैठक रोक्न लागिएको बतइएको छ ।

त्यस्तै आसन्न अधिदेशनलाई कारण देखाउँदै एमालेले समेत आजको मतदान रोक्न माग गरेको छ । यसैबीच आज बैठक के गर्ने भन्ने विषयमा छलफल गर्न दलहरुको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?