पाकिस्तानमा ‘एलिएन’ ले चुनाब गराउँदैछ : प्रधानमन्त्री अब्बासी

इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइराखेको आम निर्वाचन ‘एलियन’ गराउने बताएका छन् ।

पाकिस्तानी डन न्यूजले प्रधानमन्त्री अब्बासीको शब्दलाई उद्धृत गर्दै भनेको छ, “पाकिस्तानको निर्वाचन आयोगले प्रधानमन्त्रीलाई ‘गैरजिम्मेवार भनाइहरू’ नदिन कडा दवाव दिएपछि प्रधानमन्त्रीले निर्वाचन ‘एलियन’ ले गराउने बताएका हुन् ।”

 
पाकिस्तानी निर्वाचन प्रक्रियालाई लिएर पाकिस्तानी अधिकारीबाट ‘एन्जेल’ र ‘अदृश्य शक्ति’ ले निर्वाचन गराउने भन्ने भनाइहरू यस अघि आएका भएपनि प्रधानमन्त्री अब्बासीले नै ‘एलियन’ अर्थात खुफिया र अदृश्य शक्तिको चलखेलले निर्वाचन प्रभावित हुने बताएका हुन् । प्रधानमन्त्रीबाट आएको भनाइले निर्वाचन पारदर्शी नहुने सङ्केत सरकारले महशुस गरेको बुझ्न सकिन्छ । 

अब्बासीको ‘एलियनले निर्वाचन गर्दैछन्’ भन्ने भनाई भ्रष्टाचार आरोपपछि प्रधानमन्त्री रहन अयोग्य घोषणा गरिएका पूर्व प्रधानमन्त्री नवाज सरीफले दुई दिन पहिले व्यक्त गरेको भनाईसँग मिल्दोजुल्दो देखिएको छ । 

अब्बासीले अाफ्नो दलको प्रतिष्पर्धा प्रतिस्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरीक–आई–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुन लागेको दाबी गरेका छन् ।

"निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने छ, तर पनि पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) निर्वाचनमा सहभागीता जनाउने छ,” अब्बासीले भनेका छन् ।

स्वतन्त्र निर्वाचन हुन्छ : निर्वाचन अायोग

यसैबीच, पाकिस्तानको निर्वाचन आयोगका प्रवक्ता अल्ताफ खानले भने निर्वाचन आयोगलाई दिइएको आदेश अनुसार संविधानको धारा २१८ अन्तर्गत रहेको निर्वाचन ऐन २०१७ ले निर्दिष्ट कानून अनुसार हुने दाबी गरेका छन् । उनले निर्वाचन आयोग आफ्ना कानूनी तथा संवैधानिक कर्तब्य पूरा गर्न पूर्णतया स्वतन्त्र रहेको बताएका छन् । 

तर तेहरीक–आई–इन्साफका अध्यक्ष इमरान खानले भने सरकारको मर्यादित पदमा रहेको व्यक्तिले यस किसिमको गैरजिम्मेवार भनाई राख्नु नहुने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?