नेपाल बारको जम्बो टोली प्रधानन्यायाधीशलाई भेट्न सर्वोच्चमा

लोकपथ
238
Shares

काठमाडौं । नेपाल बार एसाेसियसनको जम्बो टोलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटघाट गरेको छ ।

भेटघाटका क्रममा १५ दिनमा गोलाप्रथाबाट पेशी तोक्नेसहित विविध विषयमा छलफल हुने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

‘गोलाप्रथाबाट पेशी तोक्नुपर्नेमा अहिलेसम्म पनि पेशी नतोकिएको र त्यसमा प्रधानन्यायाधीश नै अनिच्छुक देखिएकोबारे ध्यानाकर्षण गराउन बारको टोली सर्वोच्च गएको हो’, उनले भने, ‘गोलाप्रथाको आधारमा पेशी तोक्नेसम्बन्धी विषयमा छलफल भइरहेको छ ।’

यसअघि नै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीसहितको समितिले सो विषयमा लिखित रुपमा ध्यानाकर्षण गराएका थिए । तर त्यस विषयमा ध्यानाकर्षण नभएको भन्दै आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीले प्रधानन्यायाधीशसँग छलफल गरेको हो ।

न्यायालय क्षेत्रमा देखिएका समस्याहरुको विषयमा समेत आजको भेटघाटमा छलफल हुने उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?