किकुले उडाए कंगना रनौतको मजाक, क्लिप भाइरल

लोकपथ
1.2k
Shares

काठमाडौं । भारतीय टेलिभिजनको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन सुरु भएसँगै दर्शकहरुले खुब मन पराएका छन् ।

कार्यक्रममा सबै कलाकारको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । शोमा भाग लिने सेलिब्रिटीहरुले पनि शो निकै रमाईलो बनाउने गरेका छन् ।

शोको आगामी एपिसोडमा बलिउडका चर्चित गायक सोनु निगम, शान र हरिहरन अतिथिको रूपमा देखिनेछन्। हालै यो एपिसोडको भिडियो सार्वजनिक भएको छ। यो भिडियोमा तीनै कलाकारहरु निकै रमाइलो गरिरहेको देख्न सकिन्छ ।

किकु शारदा, कंगना कनौत

सोनी च्यानलले हालै आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा एपिसोडको प्रोमो भिडियो अपलोड गरेको छ । भिडियोमा कमेडियन किकु शारदा वकिलको भूमिकामा देखिएका छन् । उनले बलिउड अभिनेत्री कंगना रनौतको मजाक उडाएका छन् ।

कंगनाको मजाक उडाएको उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

किकुले गायक सोनु निगमलाई भन्छन्, ‘मेरो अदालतमा केस चलिरहेको छ,मलाइ एक साक्षीको आवश्यकता छ, म चूडीलाई गवाही बनाउन चाहन्छु, के तपाइँ दिनुहुन्छ ? किकुको यो प्रश्नमा, शोका होस्ट कपिल शर्मा आश्चर्य मान्दै सोध्छन् कि चूडीले कसरी गवाही दिन्छ ?’

कपिलको यो प्रश्नमा किकु भन्छन्, ‘सोनु निगम आफैँले भनेका छन् त बोले चूडीया बोले कंगना । अब चूडीको पालो हो किनकि कंगनाले धेरै बोलिसकेकी छिन् ।’

किकु शारदाको यो जवाफ सुनेर कार्यक्रममा उपस्थित सबैजनाले हाँसो रोक्न सकेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?