२१ मङ्सिर २०७८, मंगलवार

निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम, कहाँको कति ?

२०७८,कार्तिक,७,आईतवार ११:३७

378
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।

धनगढीबाट डोटी दुई हजार ६१५ रुपैयाँ र डोटीबाट धनगढी दुई हजार ५१५ रुपैयाँ, धनगढीबाट बझाङ तीन हजार ९९५ रुपैयाँ र बझाङबाट धनगढी तीन हजार ८९५ रुपैयाँ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए । यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने उनको भनाइ छ । उनका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुँदैछ ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको विमानस्थलले जनाएको छ ।

पहाडी जिल्लमा हवाइ सेवा सञ्चालन हुने भएपछि गत असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसैँ मनाउन घर आएका काठमाडौं, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा अध्ययनरत विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सहज हुने जनाइएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार ११:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजारमा

काठमाडौं । आज (मंगलबार) सेयर बजारमा पुन गिरावट आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय

काठमाडौं । आज (मंगलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २०० र चाँदी १० रुपैयाँले घटेको

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२