सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
429
Shares
तस्बिर: गुगल

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजावी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?