एमाले अध्यक्ष ओली झापा प्रस्थान

लोकपथ
39
Shares

काठमाडौं । पार्टी प्रवेश कार्यक्रमका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा गएका छन् ।

एमाले जिल्ला कमिटी झापाले बिर्तामोडमा १२ बजे आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओलीसहित सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र अग्नि खरेललगायत नेताहरु काठमाडौंबाट यती एयरलाइन्सको जहाजमार्फत त्यसतर्फ गएका हुन् ।

ओली भोलि गौरीगञ्जमा क्षेत्र नं. ५ को कार्यक्रममा सम्बोधन गरेर विराटनगर जाने छन् । स्रोतका अनुसार पर्सि मात्रै काठमाडौं फर्कने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?