काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
राफेल लियोले १६ औं मिनेटमा गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा एडमा सौमारोले रातो कार्ड पाएपछि बोलोग्ना १० खेलाडीमा समेटियो ।
३५ औं मिनेटमा डाभिड कालाब्रियाले गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए । खेलको ४९ औं मिनेटमा ज्लाटन इब्राहिमोबीचले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा पुग्यो ।
५२ औं मिनेटमा बोलोग्नाका मुसा बार्रोले गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो । खेलको ५८ औं मिनेटमा रोबर्टो सोरियानोले रातो कार्ड पाएपछि बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।
खेलको ८४ औं मिनेटमा स्माइलले गोल गर्दै मिलानलाई ३-२ को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा इब्राहिमोबीचले गोल गर्दै मिलानलाई ४-२ को जित दिलाए ।
जितसँगै मिलानले ९ खेलमा २५ अंक जोड्दै मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बोलोग्ना १२ अंक जोडेर ९ औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया