राष्ट्रिय मानव अधिकार प्रतिष्ठान भक्तपुरमा पुन: डा. राजेन्द कोजू चयन

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा पुनः डा राजेन्द्र कोजू अध्यक्षमा सर्वसम्मत चुनिएका छन् । प्रतिष्ठान जिल्ला शाखा भक्तपुरका छैटौं साधारण सभाबाट डा. कोजूको अध्यक्षतामा सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

यसअघि अधिवेशनको केन्दिय अध्यक्ष भवानीप्रसाद खरेलले उद्घाटन गरेका थिए । उनले त्यस अवसरमा अधिकार माग्ने नभई छिन्ने बताएका थिए । कसैको मानव अधिकार हनन भए पाएन भनेर माग्ने नभई छिन्ने उनले बताएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव हरिचन्द्र भटराई, नेपाल मानव अधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धर, जिल्ला अध्यक्ष डा. राजेन्द्र कोजू, सचिव संजीव खनाल, कोषाध्यक्ष कोषाध्यक्ष प्रभा थापालगायतले पनि मानव अधिकारका विविध पक्षमा आआफनो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?