टी-ट्वान्टी विश्वकप : भारत भर्सेज पाकिस्तान

लोकपथ
442
Shares

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुँदैछ

सुपर १२ अन्तर्गतको पहिलो खेलमा आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आजको दोस्रो खेलले सबैको ध्यान तानेको छ । विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै छन् ।

भारत र पाकिस्तानबीचको खेल निकै नै रोमान्चक हुने अनुमान गरिएको छ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

2021 T20 World Cup - Ind vs Pak - Pakistan talking points - The  Hafeez-Haider question

भारत र पाकिस्तान दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन् । सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?