प्रदेश १ : मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लोकपथ
130
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो साढे १२ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । उनले असोज २५ गते विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पेश गरेका थिए ।

प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद भएपनि एक सभामुख र एक जना सांसद फरार रहेकाले एमालेको पक्षमा ३९ जना सांसदमात्र हुनेछन् । कुल सांसद संख्या ९३ रहेको प्रदेशसभामा सरकारलाई ४७ मत आवश्यकक पर्छ ।

यता, प्रतिपक्षी गठबन्धनसँग ५० जना सांसद छन् । यसर्थ मुख्यमन्त्री आचार्यको सरकार ढल्ने निश्चित देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकिकृत समाजवादी), जसपा र लोकतान्त्रिक मञ्चको प्रतिपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?