काठमाडौं– सिन्डिकेटको पक्षमा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महासंघका अध्यक्ष कर्मचारसहित वरिष्ठ उपाध्यक्ष बिजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालगायत रहेका छन् ।
पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रवार देशभर सार्वजनिक यातायत ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापा बादलले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
यसअघि महासंघकै महासचिव सरोज सिटौलासहित ७३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया