एमाले तारकेश्वर वडा नं. ३ को अध्यक्षमा रुद्र प्रसाद घिमिरे र सचिवमा बलराम जमकटेल निर्वाचित

लोकपथ
1.2k
Shares

काठमाडौं । नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नं. ३ मा रुद्र प्रसाद घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन सम्पन्न भएको हो । तारकेश्वर नगरपालिका वडा नं. ३ मा घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा पोषकनाथ अर्याल, सचिव बलराम जमकटेल, उपसचिवमा ईन्दिरा खतिवडा र शुक्रबहादुर तामाङसहित ३१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । एमालेले आज देशभरका वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।

एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

हेर्नुहोस् नयाँ कार्यसमितिको नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?