नेपालमा कोरोना : ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ९७.३ प्रतिशत

लोकपथ
689
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ९३१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४३८ तथा एन्टिजेन विधिबाट ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा थप ८ सय १७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमाहालसम्म ७ लाख ८६ हजार ६३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ३४५ जना मृत्यु भएको छभने पछिल्लो २४ घण्टामा ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ५९ रहेको छ ।

त्यस्तै पछिल्ले २४ घण्टामा काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ जना कोरोनाका संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?