कांग्रेसको कैलाली अधिवेशनको मिति अझै अनिश्चित

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेस कैलालीको अधिवेशनको मिति अझै अनिश्चित बनेको छ । जिल्ला कार्य सम्पादन समिति कैलालीको शनिबार बसेको बैठकले छठ पछि अधिवेशन गर्ने निर्णय गरेको भएपनि मिति तय गर्न सकेन ।

पार्टी सभापति नरनारायाण शाह मनुको अध्यक्षतामा बसेको बैठकले वडा अधिवेशन छठ पछि गर्ने निर्णय गरेको हो । सो अधिवेशनको लागि सभापति शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

साथै, मुल समितिलाई सहयोग गर्न ११ जना सयोजक रहने गरि बिभिन्न समिती निर्माण गरिएको छ । जसमा आर्थिक ब्यवस्थापन समिती सयोजकमा शेर बहादुर देउवा, अधिबेशन प्रचार प्रसार समिती सयोजकमा नृप बहादुर सुनार, स्वयंसेवक समिती सयोजकमा कृष्ण पाण्डे, आवास ब्यवस्थापन समिति सयोजकमा केशब मिश्र, भोजन ब्यवस्थापन समिती सयोजकमा नारायण सत्याल, यातायात ब्यवस्थापन समिती सयोजकमा टेकराज जोशी, प्राथमिक उपचार समिती सयोजकमा उत्तम जोशी, मच ब्यवस्थापन समिती सयोजकमा पुरन चौधरी, अतिथी सत्कार समिती सयोजकमा रेखा देवकोटा, सचिवालय ब्यवस्थापन समिती सयोजकमा कमला शर्मा र निर्वाचन ब्यवस्थापन समिती सयोजकमा नवराज रावल रहेका छन ।

सो समितिमा सदस्यको चयन सयोजकले गर्ने छ भने मनोनयन भएको पत्र जिल्ला सभापतिले प्रदान गर्ने जिल्ला सदस्य नृप सुनारले जानकारी दिए । सो बैठकले जिल्ला अधिवेशन धनगढीस्थित ओम प्यालेसमा गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?