पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

RSS
91
Shares

काठमाडौं । सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ ।

लामोसमयदेखि रक्तचापको दीर्घरोगी रहेका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधबार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो ।

सिरहा नगरपालिका–१ घर भई लहान नगरपालिका बस्दै आएका गुप्ता हिमालय टाइम्सलगायत पत्रपत्रिका तथा टेलिभिजनमा कार्य गर्दै आएका थिए । गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?