आइतबार ‘एल क्लासिको’ : के हो एल क्लासिको र यसको इतिहास ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई एल क्लासिको भनिन्छ । स्पेनका यी दुई विश्व महारथी क्लबले हुने भिडन्तले विश्वभर तहल्का मच्चाउने गर्दछ ।

यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो । यी दुई क्लबहरु ला लिगा, कोपा डेल रे,स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन् ।

यो भिडन्त इतिहाँसका कारणले पनि प्रख्यात छ । ऐतिहाँसिक दृष्टिबाट हेर्दा, बार्सिलोना र म्याड्रिड स्पेनका दुई ठूला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ । सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन् ।

यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन् । पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो । तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो ।

आइतबार राति स्पेनिस ला लिगा खेलमा रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् ।

आइतबार हुने यो सिजनको पहिलो ‘एल क्लासिको’ १५ वर्षपछि लियोनेल मेस्सी र सर्जियो रामोसविना हुदैछ । रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल आइतबार नेपाली समय अनुसार राती ८ बजे हुनेछ ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाले आफ्नै दर्शकहरुको साथ र हौसला हुनेछ । त्यस्तै यता रियल भने बार्सिलोनालाई घरेलु मैदानमै डराएर सिजनको पहिलो ‘एल क्लासिको सुखद सुरुवात गर्न चाहान्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?