एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मर बहादुर थापा

लोकपथ
260
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्ष दैलेखका अम्मर बहादुर थापा भएका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत छन् ।

दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

समाजवादीले यसअघि प्रकाश ज्वालालाई कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?