हिमानी ट्रष्टको शुभकामना आदान प्रदान कार्यक्रम : खेलाडी र कलाकारहरुको बाक्लो उपस्थिति

लोकपथ
3.5k
Shares

काठमाडौं । हिमानी ट्रष्टले आसन्न दीपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाहलगायत राजनीतिज्ञ, कूटनीतिज्ञ, साहित्यकार, वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रियस्तरका खेलाडी तथा कलाकारहरुको भने बाक्लो सहभागिता रहेको थियो ।

विशेष बाजागाजाको व्यवस्था गरिएको समारोहमा सहभागीले एकापसमा शुभकामना आदानप्रदान एवं खुसीयाली साटासाट गरेका थिए ।

ट्रष्टकी अध्यक्ष हिमानी शाहले ती पर्वको मौलिक तथा सांस्कृतिक पक्षको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् । ट्रष्ट विपतका समयमा मुलुकका विभिन्न स्थानमा सामाजिक कार्यमा क्रियाशील छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?