काठमाडौं । लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाश राज शर्मा निर्वाचित भएका छन् ।
संघको शुक्रवार सम्पन्न १५ औं वार्षिक साधारणसभाले शर्मालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यस्तै, उपाध्यक्षमा मिनबहादुर बोहोरा, महासचिवमा राजबहादुर यादव र सचिवमा केशव कुमार पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा भने श्रीराम पोख्रेल, विमला योगी, विनोद आचार्य, बद्री प्रसाद दुलाल, प्रविनकुमार लामा र गंगाधर पाण्डेको कार्यसमिति बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया