१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने रावलको घोषणा

लोकपथ
221
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावलले १० बुँदे कार्यान्वयनका लागि बनाइएको कार्यदलप्रति असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेका छन् ।

शुक्रबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा पार्टीले गरेका निर्णयहरुप्रति फरक मत राख्दै राजीनामाको घोषणा गरेका हुन् ।

बैठकमा नेता रावलले ५ पृष्ठ लामो लिखित फरक मत समेत राखेका छन् ।

‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो । त्यो कार्यान्वयन गर्दाखेरी कुन व्यक्तिको जिम्मेवारी के हुन्छ, कहाँ पर्छ भन्ने कुरा त्यसपछि मात्रै आउने कुरा हो ।’ नेता रावलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?