गर्मीबाट छालालाई कसरी जोगाउँने

काठमाडौं लगायत देशभरका बढ्दो गर्मीसँगै छालाले धेरै समस्या र हैरानी सहनुपर्छ । मौसम परिवर्तनसँगै छालामा पनि विभिन्न प्रकारका समस्या देखापर्छ । त्यसैले मौसम अनुसार छालाको हेरचाहमा उत्तिकै होसियार अपनाउनुपर्छ । 

गर्मीमा धूलो, धूवा, प्रदूषण एवं चर्को घामको समस्या बढी हुन्छ । 

अनुहारको क्लिन्जिङः गर्मी मौसममा छालाको नियमित डिप क्लिन्जिङ आवश्यक हुन्छ । दैनिक दुईपटक एलोबेरा, लेमन, मिल्क एक्सटे«क्ट, पिपरमिन्ट आदिबाट बनेको फेसवासले क्लिन्जिङ गर्ने । क्लिन्जि«पछि धूलोको कण बाहिर निस्किएर छाला सफ हुन्छ । क्जिन्जिङले छालालाई आवश्यक पोषण प्रदान गर्छ । 

घमौराको समस्याः गर्मीले गर्दा छालामा देखापर्ने अर्को समस्या घमौरा हो । गर्मीमा छाला निकै सम्बेदनशील हुने भएकाले यसबाट जोगिने उपाय अपनाउनु आवश्यक हुन्छ । घामले गर्दा छाला रातो हुँदै जान्छ र त्यसमा स–साना फोका देखापर्छन् । 

सनस्क्रिनले गर्छ स्किन केयरः गर्मीमा अल्ट्राभोइलेट किरण सोझै छालामा पर्छ । जसमा कारण छालामा विभिन्न प्रकारका समस्या देखापर्छन् । सनवर्नले छालामा कालो धब्बा, चाउरी तथा दागको समस्या उत्पन्न हुन्छ । 

एसपीएफ लोसनः सनवर्नबाट जोगिन घरबाहिर निस्कनुअघि सनस्क्रिन लोसन प्रयोग गर्नुपर्छ । घरमै बस्दा पनि सनस्किन लगाउनु आवश्यक हुन्छ । घामको हानिकारक किरणबाट जोगिन एसपीएफ १५ युक्त लोसन लगाउनु उत्तम हुन्छ ।

घरमा नियमित लोसन प्रयोगः सनस्क्रिन घरमा बस्दा होस् वा बाहिर निस्कदा गर्मी मौसममा अनिवार्य रुपमा लोसनको प्रयोग गरिन्छ । गर्मीमा कृत्रिम प्रकाशले छालामा असर पुर्याउने हुँदा लोसनको प्रयोग अनिर्वाय हुन्छ । सोझै घामको किरण नपरे पनि रेडिएसन घरभित्र पनि हुन्छ । 

छालाका लागि बडी पोलिसिङः गर्मीमा छालाको चमकमा कमी आउँछ । यसका लागि बडी लोसनको प्रयोग गर्नु उपयुक्त हुन्छ । यो मौसममा छालको चमकमा कमि आउँछ । छालाको चमक पुनः  प्राप्त गर्न बडी पोलिस आवश्यक छ । बडी पोलिसमा पूरा शरीरमा पोलिस गरिन्छ । यसका लागि बडी  क्रिम, बडी वेल, बडी साल्टा, बाम, बडी प्याक तथा एक्सफोलिएसन क्रिमको प्रयोग गर्नुपर्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?