पर्सा । पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाईको गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त गोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थान सादा चेक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया